Stay Informed Stay Ahead

  • मोबाइल हरायो? नेपाल टेलिकम भन्छ – यी काम तुरुन्तै गर्नुहोस्!

    आजको डिजिटल युगमा मोबाइल फोन केवल सम्पर्कको माध्यम मात्र होइन, तपाईंको बैंकिङ, सामाजिक सञ्जाल, गोप्य फाइलहरू, र व्यक्तिगत जीवन समेत बोकेको संवेदनशील डिभाइस हो। यस्तै महत्त्वपूर्ण डिभाइस हराउँदा तपाईँ पक्कै अत्तालिनुहुन्छ। तर चिन्ता नगर्नुस् ;.

  • के एआई साँच्चै सोच्न सक्छ? यसले जवाफ दिनु अघि के गर्छ?

    तपाईँले कहिल्यै च्याटजीपीटीसँग कुरा गर्दा यस्तो लाग्यो कि उसले जवाफ दिनु अघि “सोचिरहेको” छ? अनि तपाईं सोच्न थाल्नुभयो—एआईले साँच्चै सोच्न सक्छ त? के यो प्रविधि मान्छेजस्तै सोच्न थाल्दैछ?.

  • गर्मी याममा स्वस्थ रहन १० उत्कृष्ट उपायहरू;

    गर्मी मौसम आउँदा गर्मीका साथसाथै स्वास्थ्यमा अनेकौं असर देखिन थाल्छ। चर्को घाम, पसिना, पानीको कमी, संक्रमणको जोखिम, चर्म रोग, थकान, जण्डिस, फुड प्वाइजनिङ, डिहाइड्रेसन, आदि समस्या गर्मी यामसँग जोडिएका प्रमुख स्वास्थ्य चुनौती हुन्।

  • भारतमा Samsung Galaxy S25 Edge लन्च

    Samsung ले मंगलबार, मे १३ मा भारतमा Galaxy S25 Edge स्मार्टफोन लन्च गरेको थियो। यो फोन अब प्रि-अर्डरको लागि उपलब्ध छ। भा रु १,०९,९९९ को सुरुवाती मूल्यको साथ, यो फोन टाइटेनियम सिल्भर, टाइटेनियम जेटब्ल्याक र टाइटेनियम आइसब्लू रंगहरूमा आउँछ।;.

  • रातो अङ्गुर पुरुषको यौन क्षमताका लागि प्राकृतिक उपाय : नयाँ अध्ययन

    पुरुषहरूमा यौन क्षमताको कमी देखिएपछि धेरैले औषधिको सहारा लिने गर्छन्, जसमा भायग्रा एक लोकप्रिय विकल्प हो। तर हालै गरिएको एक अध्ययनले रातो अङ्गुर यस्तो समस्याको प्राकृतिक समाधान हुन सक्ने देखाएको छ।;.

दक्षिण अफ्रिकाविरुद्ध भारतको ऐतिहासिक जित

१० फागुन, काठमाडौं । विश्वकप क्रिकटमा भारतले दक्षिण अफ्रिकाविरुद्ध पहिलो जित हात पारेको छ ।
विश्वकपमा लगातार दोस्रो जित हात पार्ने क्रममा आइतबार भारतले दक्षिण अफ्रिकालाई १३० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसअघि विश्वकपमा भएको तीन भेटमा भारतले जित हात पार्न सकेको थिएन ।
मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनायो । ९ रन जोड्दा रोहित शर्मा (शून्य) लाई पहिलो विकेटका रुपमा गुमाएको भारतको लागि धवनले विराट कोहली र अजिन्या रहाणेसँग दुर्इ शतकीय सझेदारी गरे ।
दोस्रो विकेटका लागि विराट कोहलीसँग १२७ रनको साझेदारी गरेका धवनले तेस्रो विकेटका लागि अजिन्या रहाणेसँग १२५ रनको साझेदारी गरे । धवन १३७ रनमा आउट भए ।
रहाणेले ७९ र कोहलीले ४६ रनको योगदान दिए । भारतका कप्तान महेन्द्रसिंह धोनी मात्र १८ रनमा आउट भए भने सुरेश रैना ६ र रेविन्द्र जडेजा मात्र २ रनमा आउट भए ।
मोर्ने मोर्केलले २ विकेट लिए ।

भिडिलियर्स विकेट टर्निङ प्वाइन्ट
३०८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले खराव सुरुवात गर्‍यो । भारतीय बलरहरु हावी भएको खेलमा दक्षिण अफ्रिकाले ४० रन जोड्दा ओपनरद्वय हसिम अमला (२२) र कोक (७) लाई गुमाएको दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले एभी डिभिलियर्ससँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।
MS Dhoni flicks the ball onto the stumps to run David Miller out
तर, डिभिलियर्स तेस्रो विकेटका रुपमा ३० रनमा आउट भए, जतिबेला दक्षिणको स्कोर १०८ रन थियो । भने थप २५ रन जोड्दा डिभिलियर्स व्यक्तिगत ५५ रनमका आउट भए ।
भिडिलियर्स विकेट भारतको जितमा टर्निङ प्वाइन्ट बन्यो । थप ४४ रन जोड्दा दक्षिण अफ्रिकाले बाँकी ६ विकेट गुमायो र ४०.२ ओभरमा १७७ मा अल आउट भयो ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका आर अश्विनले तीन विकेट लिए भने मोहम्मद सामी र मोहित शर्माले २/२ विकेट लिए ।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING