Stay Informed Stay Ahead

मनोरंजन


सेक्स टोय प्रयोगमा ध्यान दिनुपर्ने कुरा



यौन सन्तुष्टिको लागि यौन खेलौना अर्थात् सेक्स टोयको प्रयोग पश्चिमा समाजमा मात्र होइन हाम्रै समाजमा पनि बढिरहेको छ । हाम्रो समाज अझैपनि परम्परागत भएकाले यस्ता खालका यौन सामाग्री प्रायः
लाज मानीमानी लुकेर किनिन्छन् अनि हतारमा तथा सावधानी नअपनाएर बेहोसीमै प्रयोग हुन्छन् ।
तर यस्ता सामाग्री प्रयोग गर्दा अति ध्यान पूराउनुपर्ने हुन्छ । अन्यथा यौन सम्बन्धि संक्रमणका साथै विभिन्न खाले यौनिक समस्या आउन सक्छन् । सेक्स टोय प्रयोग गर्नुभन्दा अगाडि निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ :सेक्स टोय आफ्नो बेडरुममा लैजानु भन्दा पहिले सेक्स टोयसँगै दिइएको पुस्तिका राम्रोसँग पढ्नुहोस् र सोही बमोजिम प्रयोग गर्नुहोस् । याद राख्नुहोस् प्राकृतिक यौन सम्पर्कभन्दा सेक्स टोयको प्रयोगले बेग्लै दुखाइ तथा सँगसँगै खुसीको अनुभुति गराउनेछ ।
सेक्स टोय खरीद गर्दा सक्कली र ब्राण्डेड कम्पनीको मात्र खरीद गर्नुहोस् । प्रयोग गरिसकेपछि यसलाई मज्जाले सफा गर्नुहोस् ।
रेजिनाका यस्ता रमिता


शिखरमा पुग्न जति सहज हुन्छ टिकिरहन उत्तिकै गाह्रो । शिखरमा टिकिराख्न चलचित्रकर्मी अनेक तरिका अपनाउँछन् । यसमध्ये एउटा हो, मिडिया प्रपोगान्डा । कलिउडभित्रका त्यस्ता कलाकार कमै होलान् जो स्क्यान्डलमा
नपरेका हुन । यसैमध्येकी हुन्, नायिका रेजिना उप्रेती । निर्देशक शोभित बस्नेत र नायिका रेजिनासँग जोडिएर धेरै त्यस्ता गसिप मसला बने । उनीहरूको सम्बन्ध देखेर अचम्ममा पर्नेमा रंग पत्रकार थिए । तीन महिनाअघि बेलायत गएकी रेजिनाले उतैको एनआरएनसँग विवाह गरेको खबर आयो । तीन महिनाको बसाइपछि रेजिना स्वदेश फर्किने भएकी छन् तर उनी स्वदेश फर्किनुको पछाडि अरू कारण नभई, भिसाको समयावधि सकिनु रहेको बताइन्छ ।


सलमानलाई हटाउँदै शाहरुख 'बिग बोस'मा !


भारतको चर्चित रियालिटी शो 'बिग बोस'को आउँदो सिजनको होस्टको  चर्चाले बलिउड तातेको छ। बताइए अनुसार आउँदो सिजन बलिउडका किङ खान अर्थात शाहरुख खानले सञ्चालन गर्देछन्। 'बिग बोस'मा शाहरूख आउने कुराले चर्चा बढनुको कारण हो सलमानसंगको शाहरुखको दुश्मनी, यसअघिका तीन सिजनको होस्ट सलमान खानले गरेका थिए। सलमान र शाहरुख बलिउडका सवै भन्दा ठुला दुश्मन मानिन्छन्। 
यस पटक भने सलमानले कार्यक्रम होस्ट नगर्ने भएका छन्। सलमानले नगर्ने भएपछि कार्यक्रमका निर्माताहरुले उनका दुश्मन शाहरुख खानलाई कार्यक्रम सञ्चालनको  अफर गरेका छन्। बिग बोस-७को शुरुवात यो वर्षको अन्त्यतिर शुरु हुने बताएको छ। 
शाहरूखले बिगबोस-७ मा काम गर्ने संकेत दिइसकेको बताइएको छ। उत सलमानले भने आफूले छोडेपछी शाहरुखले बिगबोस चलाउने भएपछि खिन्न भएको बताइन्छ। उनि सकेसम्म बिगबोसमा शाहरुखलाई देख्न चाहँदैनन्। 
तर सलमान 'बिग बोस'मा पुन काम गर्न सक्ने अवस्थामा भने छैनन्, समयको अभावमा उनको होम प्रोडक्सन 'मेन्टल'को काम शुरु हुनसकेको छैन् भने उनको स्वास्थ्ले उनलाई साथ दिन छोडेको छ ।

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING