इमेल ह्याक हुनबाट कसरी जोगाउने ?
आफ्नो इमेल ह्याक भएर दुख पाउने वा हण्डर खानेहरु धेरै छन् । कहिलेकाहीँ आफ्नै लापरवाहीका कारण कसैले पासवर्ड थाहा पाएर इमेल ह्याक गरिदिन्छ र कहिलेकाहीँ यसमा पेसेवर ह्याकरको समेत हात हुन्छ ।
आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्ने चाहना सबैमा हुन्छ तर यसको लागि सबैमा सावधानी र अक्कल पुगिरहेको हुँदैन । सानो सावधानीले मात्र पनि आफ्नो इमेल अकाउण्ट सुरक्षित राख्न र आफ्ना गोप्य व्यक्तिगत सूचनाहरु चोरी हुन नदिन ठूलो सघाउ पुग्ने सूचनाप्रविधि विज्ञहरु बताउँछन् ।
न्यूजिल्याण्डस्थित सूचना प्रविधि व्यवसायीहरुको एक संस्थाका मुख्य कार्यकारी पाउल म्याथ्युजका अनुसार यस्ता केही टिप्सहरु छन् जसलाई अपनाइयो भने इमेल ह्याक हुने खतरालाई घटाउन सकिन्छ । यी टिप्सहरु निम्न छन् ः
इमेल अकाउण्ट खोलेर त्यसमा गर्नुपर्ने काम सकाइसकेपछि अकाउण्ट लगआउट गर्न नबिर्सनुहोस् । लग आउट नगरी ब्राउजर बन्द गरेर मात्र हिड्नु हुँदैन । यसो गर्दा अरु कसैले ब्राउजर खोलेर इमेलमा लगअन गर्दा तपाइँको इमेल अकाउण्ट खुल्नसक्छ । र अपरिचितले तपाइँको इमेल अकाउण्टमा मनपरी गर्नसक्छ र ह्याक पनि गर्नसक्छ ।
तपाइँले इमेल चलाइरहेको बेलामा कसैले च्याट वा अरु माध्यमबाट तपाइँको इमेल ह्याक गर्ने मनसायले पासवर्ड जान्ने प्रयास गरिरहेको शंका लागेको छ भने सिधै लगआउट गरिहाल्नुहोस् ।
इमेलको लगइन डिटेल सेभ गर्नका लागि कहिल्यैपनि रिमेम्बर मी जस्ता बटन क्लिक नगर्नुहोस् । चाहे आफ्नै व्यक्तिगत कम्प्युटर किन नहोस् आफ्नो युजर नेम र पासवर्ड सिधै आउने गरी ‘रिमेम्बर मी’ भन्ने अप्सन एक्टिभेट गर्नु हुँदैन । यसो गर्दा अरु कसैले इमेल खोल्न खोज्दा सिधै तपाइँको इमेल लगअन गर्न सक्छ ।
आफ्नो इनबक्समा आएका नचाहिने वा अनौठा लाग्दा इमेल डिलिट गरिहाल्नुहोस् । यस्ता इमेल ह्याकरका पनि हुन सक्छन् र ती इमेल खोलेर त्यहाँ भने मुताविक गर्दै जाँदा तपाइँको पासवर्ड लिक हुने मात्र होइन अन्य प्रकारले ठगिन पनि सक्नुहुन्छ ।कुनै वेबसाइटमा आफ्नो विवरण दिनुपर्यो भने त्यो आधिकारिक हो भन्ने ढुक्क नभइकन कहिल्यैपनि आफ्नो इमेल पासवर्ड लगायतका पूरा विवरण नदिनुहोस् ।
स्पाम मेलमा आएका लिंकमा क्लिक गर्ने तथा त्यहाँका इमेल ठेगाना र फोन नम्बरमा सम्पर्क गर्ने जस्ता काम पनि नगर्दा राम्रो हुन्छ ।
आफ्नो इमेल ठेगाना ह्याक हुने खतरा ठान्नुभएको छ भने तुरुन्तै पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । आफ्नो पासवर्ड छान्दा पनि अरुले झ्वाट्टै भेउ पाउने खालको नछान्नुहोस् । अंक र अक्षर मिलाएर बनाएको पासवर्ड बढि सुरक्षित हुन्छ ।
विश्वको सबैभन्दा तिब्र गतिको मोबाइल फोन सार्वजनिक
स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।
हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।
चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न ।
सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।
सामसुङको नयाँ ट्याब्लेटमा आठ इन्चको स्त्रिmन छ जसको रिजोलुसन १८९ पिक्सेल पर इन्च पिपिआइ छ । अर्थात् यसको स्त्रिmन डिस्प्ले एप्पलको आइप्याडको भन्दा पनि उच्च छ ।
अन्तरीक्षमा पठाइयो मुसा र छेपारो
रुसले झण्डै एक सयवटा मुसा तथा छेपारो लगायतका जिवजन्तुलाई अन्तरीक्षमा पठाएको छ । रुसी अन्तरीक्ष संस्था रसकसमसका अनुसार शुक्रबार सय भन्दा बढि जिउँदा ‘मुसा अन्तरीक्षयात्री’ सहितका जिवजन्तु हालेर एक अन्तरीक्ष यान प्रक्षेपण गरिएको छ ।
कजाकस्तानको बैकोनुर स्पेस सेन्टरबाट रुसी समय अनुसार दिउसो २ बजे सोयुज २.१ ए नामक यान प्रक्षेपण गरिएको हो । यानमा यात्रीका रुपमा मुसा, छेपारो, शंखेकिरा सँगै विभिन्न खालका ब्याक्टेरिया, वनस्पती तथा बिउबिजन समेत पठाइएको छ ।
रोचक कुरा त के भने अन्तरीक्षयान प्रक्षेपण गर्नु अघि पठाउन लागिएको एउटा मुसा अर्को मुसाको आक्रमणमा परी मृत्यु भएपछि फेरी अर्को मुसा थप्नुपरेको थियो ।
स्मरण रहोस् यसरी अन्तरीक्षमा विभिन्न खाले साना जनावर पठाइएको यो सन् २००७ यताको पहिलो हो । त्यतिबेला यस्तै जिवजन्तु सहितको यानले अन्तरीक्षमा १२ दिन बिताएको थियो । यो रुसी यान आउँदो मे १८ मा पृथ्वीमा फर्किनेछ । अन्तरीक्षमा रहँदा यो यानभित्र लगिएका जनावरमा विभिन्न खाले ७० प्रकारका परीक्षण गरिनेछ ।