गर्मी मौसममा अनुहारमा धुलो, पसिना, चिल्लोपन, र घामको असरले गर्दा छाला बिग्रिन सक्छ। बजारका रासायनिक उत्पादन प्रयोग गर्नुभन्दा प्राकृतिक घरेलु उपायहरू अपनाउँदा छाला स्वस्थ र सुरक्षित रहन्छ। यहाँ तपाईंका लागि घरमै गर्न सकिने १० घरेलु उपायहरू प्रस्तुत गरिएको छन :
१. गुलाबजल प्रयोग गर्ने
गुलाबजलले छालालाई चिसो, सफा र ताजा राख्छ।
विधि:
-
गुलाबजल कटनमा लिएर अनुहार सफा गर्नुहोस्।
-
दिनमा २–३ पटक टोनरको रूपमा प्रयोग गर्नुहोस्।
२. मुल्तानी (प्राकृतिक)माटो लगाउने
मुल्तानी माटो ले अनुहारको चिल्लोपन घटाउँछ, पिम्पल हटाउँछ।
विधि:
-
२ चम्चा मुल्तानी माटोमा गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस्।
-
अनुहारमा लगाएर १५–२० मिनेट राख्नुहोस्।
-
चिसो पानीले धुनुहोस्।
३. दही र बेसनको मास्क
छालालाई कोमल र उज्यालो बनाउन दही र बेसन उपयुक्त हुन्छ।
विधि:
-
१ चम्चा दही र २ चम्चा बेसन मिसाउनुहोस्।
-
पेस्ट अनुहारमा लगाएर सुक्न दिनुहोस्।
-
पानीले धुने।
४. काक्रोको रस लगाउने
काक्रोले छालामा चिसोपन ल्याउँछ र जलन कम गर्छ।
विधि:
-
काक्रो घिसेर रस निकाल्नुहोस्।
-
त्यसलाई कटनमा लिएर अनुहारमा लगाउनुहोस्।
५. एलोभेरा जेल प्रयोग गर्ने
एलोभेरा ले घामको असर हटाउँछ र छाला नरम बनाउँछ।
विधि:
-
एलोभेराको पातबाट जेल निकाल्नुहोस्।
-
सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस्।
-
बिहान पानीले धोइदिनुहोस्।
६. टमाटरको रस लगाउने
टमाटर मा हुने लाइकोपिनले घामको असर घटाउँछ।
विधि:
-
टमाटर काटेर रस निकाल्नुहोस्।
-
अनुहारमा लगाएर १०–१५ मिनेट राख्नुहोस्।
-
चिसो पानीले सफा गर्नुहोस्।
७. मह र कागतीको मिश्रण
मह ले छाला नरम बनाउँछ र कागती ले दाग हटाउँछ।
विधि:
-
१ चम्चा मह र आधा चम्चा कागती रस मिसाउनुहोस्।
-
अनुहारमा लगाएर १० मिनेट राख्नुहोस्।
-
पानीले धोएर सफा गर्नुहोस्।
८. आलुको रस प्रयोग गर्ने
आलुको रस ले घामले कालो बनाएको छालालाई फेरी उज्यालो बनाउन सहयोग गर्छ।
विधि:
-
आलु घिसेर रस निकाल्नुहोस्।
-
अनुहारमा लगाएर १५ मिनेट राख्नुहोस्।
-
पानीले सफा गर्नुहोस्।
९. चिसो दूधले सफा गर्ने
दूध ले छालाको मेला हटाउँछ र नरम बनाउँछ।
विधि:
-
कटनमा चिसो दूध लिएर अनुहार सफा गर्नुहोस्।
-
नियमित प्रयोग गर्दा छाला चम्किलो देखिन्छ।
१०. धेरै पानी पिउने बानी बसाल्ने
छाला भित्रबाट सफा राख्न पानी पिउनु अति आवश्यक छ।
विधि:
-
दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनुहोस्।
-
पानीले छालामा ताजगी ल्याउँछ र डिहाइड्रेशन रोक्छ।
गर्मी मौसममा अनुहारको हेरचाह गर्न यी घरेलु उपायहरू सजिला, सस्ता र सुरक्षित छन्। तपाईंले यी मध्ये आफूलाई उपयुक्त लाग्ने विधि छनोट गरी नियमित अपनाउनु भयो भने तपाईंको छाला सधैं चम्किलो, नरम र स्वस्थ रहनेछ।