Stay Informed Stay Ahead

स्वास्थ्य

निद्राका फाइदा

रातमा मज्जाले निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ । तर निद्रा नपर्दाको अर्को दिन जिउमा थकान महसुस हुन्छ र जाँगर पनि चल्दैन । लगातार रातमा निद्रा नपर्ने हो भने मान्छे बिरामी हुन पनि बेर लाग्दैन । वास्तवमा निद्रा नलाग्ने पनि एउटा रोग नै हो र रोगको कारक पनि हो ।
निद्राको महत्व केवल मूड लाई राम्रो बनाउन तथा आँखाको तल्लो भागमा छाला कालो हुने समस्यालाई हटाउन मात्र होइन पर्याप्त निद्रा स्वस्थ जिवनशैलीको महत्वपूर्ण हिस्सा पनि हो । पर्याप्त निद्रा स्वस्थ हृदय, सन्तुलित वजन तथा शान्त मनका लागि अनिवार्य हुन्छ । पयाप्त निद्राका फाइदा निम्न छन् -
पर्याप्त निद्रा पर्ने मानिसको स्मरण शक्तिमा पनि सुधार हुन्छ । त्यसकारण स्मरण शक्तिमा बढोत्तरी गर्न पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ । कम सुत्ने मानिसमा स्मरण शक्ति कमजोर हुन्छ ।
पर्याप्त निद्रा लिने मानिसको आयू पनि बढ्ने बताइन्छ । कम निद्रा वा आवश्यकता भन्दा कम निद्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुइ वर्षअघि भएको एक अन्तराष्ट्रिय अनुसन्धान अनुसार दिनमा ५ घण्टा भन्दा कम सुत्ने मानिस पर्याप्त सुत्ने मानिसभन्दा कम बाँच्छन् ।
६ घण्टाभन्दा पनि कम सुत्ने मानिसमा जिउका विभिन्न भागमा पोल्ने तथा सूजन लगायतका समस्या पैदा हुन्छन् । यसले मधुमेह, हृदयाघात तथा छिटै बुढ्यौलीका लक्षण देखिने लगायतका समस्या उत्पन्न गर्छ । पर्याप्त निद्राले मानिसको रक्तचाप सन्तुलित गर्न समेत सघाउ पूराउँछ ।
खेलाडिका लागि समेत आफ्नो खेलमा सुधार ल्याउन पर्याप्त निद्रा आवश्यक हुन्छ । निद्रापछिको ताजगीमा खेलाडिको स्टामिना बढि हुन्छ ।
पर्याप्त निद्रा लिने मानिसलाई वजन सन्तुलन राख्न पनि कुनै समस्या हुँदैन ।
दिमागी शान्ति तथा तनावबाट मुक्तिका लागि समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।
अनुहारमा डण्डीफोर आउने तथा अनुहारको छाला कालो हुने जस्ता समस्या घटाउन समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।

१० मिनेट महिलाको स्तन घूरेर हेर्नु स्वास्थ्यका लागि जिम जानु भन्दा राम्रो 

हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अपराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ ।
पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्तनलाई घूरेर हेरिरह्यो भने उनिहरुमा केवल हृदयघातको संभावना कम रहन्छ बल्कि उनिहरुको आयुपनि बढ्छ ।
डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्तन भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको उमेर बढछ । सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ ।
एजिंगका एक विशेषज्ञ डाक्टरका भनाईमा सुसंगठित महिलालाई मात्र दश मिनेटसम्म हेर्ने हो भनेपनि यतिधेरै उर्जा खर्च हुन्छ जति उर्जा ३० मिनेट एयराबिक्स व्यायाममा खर्च हुन्छ । यस विलक्षण खोजको परिणामहरुलाई सार्वजनिक गर्नुभन्दा पहिले यस खोजी दलले ५ वर्ष व्यतित गरेको थियो ।
जो व्यक्तिहरुलाई प्रतिदिन महिलाहरुको स्तन हेर्न भनिएको थियो उनिहरुको अन्य व्यक्तिहरुको भन्दा रक्तचाप कम थियो । यस्ता व्यक्तिहरुको रेस्टिङ पल्स दरपनि ढिला थियो र उनिहरुको कोरोनरी आर्टरीको विमारीको खतरा पनि कम भएको थियो ।
डाक्टरहरुका अनुसार यौन उत्साहबाट हृदयको पम्पिङ गतिपनि तेज हुन्छ र यसले रक्त सन्चारमा पनि सुधार हुन्छ । यस्तो पनि मानिएको छ कि सामान्यतयाः पुरुषहरुको दृष्टि अन्य अंगहरु भन्दा महिलाहरुको स्तनमा धेरै समय सम्म अडिन्छ ।

पुरुषमा हुने शिघ्र स्खलन रोक्न स्प्रे

मानिसको यौन जिवनलाई बढि भन्दा बढि फलदायी तथा सफल बनाउने र भरपूर यौनसन्तुष्टी प्राप्त गर्ने उपायको खोजीमा वैज्ञानिकहरु जुटिरहेका हुन्छन् । यसैक्रममा पछिल्लोपटक बेलायती डाक्टरहरुले यस्तो स्प्रेको विकाश गरेका छन् जसको प्रयोगबाट
पुरुषमा हुने शिघ्र स्खलनको समस्या ह्वात्तै घट्छ र मान्छे सम्भोगमा ६ गुणा बढि समयसम्म टिक्न सक्छ । यौन सन्तुष्टी बढाउने तथा शिघ्र स्खलनको समस्या रोक्ने यो स्प्रेको कुनै साइड इफेक्ट नहुने दाबी गरिएको छ । बिजेयु इन्टरनेशनल जर्नलमा छापिएको अध्ययन समाचार अनुसार पिएसडी ५०२ नामको उक्त स्प्रे यौन सम्पर्कभन्दा ६ मिनेट अघि पुरुषको लिंगमा लगाउनुपर्छ । साथै यो शिघ्र स्खलन रोक्नका लागि गरिने विभिन्न उपचार तथा विधिहरुभन्दा बढि प्रभावकारी हुने बताइएको छ । यो स्प्रेको प्रभावकारीता पुष्टि गर्ने क्रममा शोधकर्ताहरुले बेलायत, चेक रिपब्लिक, हंगेरी र पोल्याण्डका विभिन्न ३१ स्वास्थ्यकेन्द्रमा शिघ्र स्खलनको समस्याको उपचार गर्न आएका ३ सय जना पुरुष छानेका थिए। उनीहरु मध्ये २ सय जनाले लिडोक्याइन र प्रिलोकाइन जस्ता रसायन भएको उक्त स्प्रेको प्रयोग गर्न दिइयो भने अरु १ सय जनालाई यस्ता कुनै रसायन नभएको सामान्य स्प्रे प्रयोग गर्न दिइयो । लगातार ३ महिनासम्म ती प्रयोगकर्ताले यौन सम्पर्कका बेला यस्तो स्प्रे प्रयोग गरे ।तीन महिनापछि उनीहरुको स्खलनको समयमा आएको परिवर्तन विश्लेषण गरियो । ३ महिनापछि ती पुरुषहरुको स्खनलको समय विश्लेषण गर्दा उपर्युक्त रसायन भएको स्प्रे प्रयोग गरेका पुरुषहरुको यौन सम्पर्कका बेला हुने विर्यस्खलनको समय ०.६ देखि ३.८ मिनेटले वृद्धि भएको पाइयो भने सामान्य स्प्रे प्रयोग 
गरेका पुरुषहरुको शिघ्रस्खलनको समस्यामा खासै परिवर्तन भएन ।

अब साढे तीनलाखमा स्वदेशमै मृगौला प्रत्यारोपण हुने

चार वर्षअघिसम्म मृगौला फेर्नुपर्ने कुरा सुन्नेवित्तिकै बिरामीहरु बेहोस हुन्थे । पहिलो कुरा नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण नै हुन्नथ्यो । दोस्रो, मृगौला फेर्न भारत जानुपर्दा घर खेत नै बेच्नुपर्ने अवस्था थियो ।
चिकित्सकहरुका अनुसार खानपान र जीवनशैलीको परिवर्तनले विश्वमा करोडौं मानिस मृगौला रोगबाट पीडित छन् । नेपालमा कति रोगी छन् भन्ने यकिन तथ्याँक नभए पनि २७ लाख मानिस मृगौला रोगबाट पीडित रहेको अनुमान छ । यसमध्ये १० प्रतिशत अर्थात २७ हजारभन्दा बढीको दुबै मृगौला पूर्णरुपले खराब भएको पाइएको छ ।
दुबै मृगौला खराब भएपछि अन्तिम उपाय भनेकै मृगौला प्रत्यारोपण हो । प्रत्यारोपण नगरेमा बिरामीले हप्तामा दुईदेखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्छ ।kidney-300x259
अहिले मृगौला प्रत्यारोपणका लागि भारत जानुपरे कम्तिमा १०/१२ लाख रुपैंया खर्च हुन्छ । तर, चार वर्षदेखि राजधानीको वीर र शिक्षण अस्पतालले भारतमा भन्दा आधा कम खर्चमा मृगौला प्रत्यारोपण गर्दै आएका छन् । अब यी दुई अस्पतालले भन्दा पनि निकै सस्तो अर्थात जम्मा तीन लाख ५० हजार रुपैंयामा नेपालमै मृगौला प्रत्यारोपण हुने भएको छ ।
सस्तो र सजिलो दुबै
मृगौला लगायतका अरु अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीकै लागि भनेर भक्तपुरको दूधपाटीमा सरकारी स्तरमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएको छ । केन्द्रको औपचारिक उद्घाटन अघिल्लो हप्ता मात्रै भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठका अनुसार सर्वसाधारणलाई कम शुल्कमा सेवा प्रदान गर्ने उद्देश्यले काम भैरहेको छ । उहाँका अनुसार केन्द्रमा तीनलाख ५० हजार रुपैयामा मृगौला प्रत्यारोपण हुन्छ । जबकी वीर र शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्न ५ लाख रुपैंया लाग्छ ।
तर, वीर र शिक्षण अस्पतालमा रकम तिर्नेवित्तिकै मृगौला प्रत्यारोपण गर्न सकिँदैन । त्यहाँ पालो पाउन महिनौं पर्खनुपर्छ । तर, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा भने महिनौं कुर्नुपर्ने झञ्झटबाट बिरामी मुक्त हुनेछन् । ‘सम्पर्कमा पुगेका बिरामीको बढीमा दुई हप्ताभित्र प्रत्यारोपण हुन्छ’-कार्यकारी निर्देशक श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो ।
केन्द्र स्थापनाको अवसरमा पाँचजनालाई निःशुल्क सेवा दिने उद्देश्य पनि छ । यस केन्द्रमा सात विशेषज्ञ सहित १५ दक्ष चिकित्सक छन् । केन्द्रमा एकसय शैया छन् । यस्तै २० वटा हेमोडाइलासिस मेसिन, २ वटा मेजर अपरेशन थिएटर, ६ वटा आइसीयू र पोष्टअरेटिभ शैया लायत नेप|mोलोजी, युरोलोजी, मृगौला प्रत्यारोपण र कार्डियोलोजीको ओपिडी सेवा रहेको केन्द्रले जनाएको छ ।
अप्रेसन सजिलो, दाता पाउन गाह्रो
मृगौला रोगीले हातमा पैसा भए पनि जोसुकैको मृगौला प्रत्यारोपण गर्न पाउँदैनन् । अंग प्रत्यारोपणसम्बन्धी ऐनले बाबु, आमा, श्रीमान-श्रीमती, काकाकाकी, दाजु भाइ, धर्मपुत्र, धर्मपुत्री लगायतका नातेदार बाहेकका व्यक्तिहरुको मृगौला प्रत्यारोपण गर्नदिँदैन । मृगौला प्रत्यारोपण गर्दा दाता र पाउने व्यक्तिको रक्त समूह पनि मिल्नुपर्छ ।
आफन्त र नातेदारको रक्त समूह मिल्ने सम्भावना बढी भएकाले ऐनमा यस्तो व्यवस्था गरिएको बताइए पनि मृगौला रोगीहरुले भने ऐनको प्रावधानलाई खुकुलो बनाउन माग गर्दै आएका छन् । मृगौला प्रत्यारोपण आफन्तबाटमात्रै गराउनुपर्ने कानुनी प्रवाधान भए पनि गरिबीका कारण मृगौला बेच्ने नेपालीहरुको संख्या पनि कम छैन । सस्तोमा मृगौला प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि कानुनी अड्चन नहटेसम्म मृगौला रोगीहरुले सहजरुपमा प्रत्यारोपण गर्न नसक्ने गुनासो पीडितहरुले गर्दै आएका छन् ।

पिनास – समस्या र समाधान

डा. समिर लामा
पिनास ( साइनोसाइटिस) भनेको के हो?
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus (
इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस (Paranasal sinuses) पनि भनिन्छ।
किन हुन्छ साइनोसाइटिस?
साइनोसाइटिस हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्। कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्। साथै चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। त्यस्तै रुघाको औषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistaminics – जसले नाकको तरल पदार्थ कम गरी सुख्खा बनाउँछ)को बढि प्रयोग, सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएको हावा)मा श्वास लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थ म्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ। कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।
क) एलर्जीक साइनोसाइटिस ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस
एक्युट र क्रोनिक साइनोसाइटिस भनेका के हुन्?SINएक्युट साइनोसाइटिसः- ३० दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कम समयसम्म रहने साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ। यदि १० दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने सम्भावना बढि रहन्छ। क्रोनिक साइनोसाइटिसः- ३ महिना वा १२ हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय: गरेर एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिस लामो समयसम्म रहने हुन्छ।
आफूलाई साइनोसाइटिस भएको कसरी थाहा पाउने?
१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
२) नाक बन्द भइरहने,
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
४) सुँघ्ने शक्तिमा कमि आउने आदिकसैकसैमा विशेष गरी एक्युट साइनोसाइटिसमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ। त्यस्तै टाउको विशेष गरी अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ। म्याक्जिलरी साइनोसाइटिस भएको हो भने माथिका दाँतहरु दुख्ने गालातिर दुख्ने र इथमोइडल साइनोसाइटिस भएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ। साइनोसाइटिस र रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory Infections), एलर्जीक राइनाइटिस(Allergic Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघा र भाइरल URI भनेका नाक र माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण वा इन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो, यो प्राय: गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ। नाक, श्वासप्रश्वासको नली, साइनसहरु, घाँटी आदी एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय: लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन्। जस्तै साधारण रुघाबाट शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तै साइनोसाइटिस, URI एकैपल्ट पनि देखिनसक्छ। यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दती अपनाउनु वा औषधी सेवन गर्नु उचित हुन्छ।
यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने हुनसक्छ?
साइनोसाइटिस प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ अर्थात क्लिनिकल डायग्नोसिस गरिन्छ। तर कहिलेकाहीं यो विभिन्न प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster Headache), माइग्रेन हेडएक(Migraine Headache) आदी दाँतको समस्याहरु, URI(Upper Respiratory Tract Infections), आँखाको समस्याहरु आदीसँग झुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन साइनोसाइटिस ठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटि स्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA को मात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ। साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाक कान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।
यसको उपचार के हो?
साइनोसाइटिस प्राय: गरेर भाइरल संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचार सिमटोम्याटिक अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल साइनोसाइटिसमा एन्टिबायटिकले काम गर्दैन र ७ देखि १० दिनमा यो आफैं ठिक भएर जान्छ। हाम्रोमा यस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग नगर्ने डाक्टर र एन्टिबायटिक खान नखोज्ने विरामी विरलै भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुने गर्छ। यसको उपचारमा प्रयोग गरिने औषधीहरु:-
१) टपिकल डिकन्जेस्टेन्ट (Topical Decongestant) वा नाकभित्र प्रयोग गरिने बन्द नाक खुलाउने औषधीहरु। जस्तै अक्सीमेटाजोलीन/ Oxymetazoline
२) टपिकल स्टेरोइड (Topical Steroid) – सिस्टेमीक स्टेरोइडले भने साइनोसाइटिसमा केहि फाइदा गर्दैन।
३) म्युकोलाइटिक (Mucolytic) – यसले नाकको स्रावलाई पातलो बनाएर यसले साइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत गर्छ।
४) दुखाइ ज्वरोका औषधीहरु (Painkillers) – पारासिटामोलले साइनोसाइटिसको ज्वरो टाउको दुखाइमा काम गर्छ। ब्रुफेन, इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नु हुदैंन।
५) एन्टिबायटिक्स (Antibiotics) – भाइरल साइनोसाइटिसमा यसले केहि काम गर्दैन। हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई रोक्न यसको प्रयोग गर्न सकिन्छ तर त्यसो गर्दा फाइदा र बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ। व्याक्टेरियल संक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने, एक्कासी अनुहार दुख्ने, सुन्निने, रातो हुने भएमा, १० दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम भएर फेरी दोहोरिएमा) मा भने एमोक्सीसीलिन, एमोक्सी-क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोर आदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ। यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ। पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ। मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ।
पिनास ( साइनोसाइटिस) हुनबाट कसरी बच्न सकिन्छ?
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन र साइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ। २) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ। ३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराब असर पुर्याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

डा. समिर लामा
पिनास ( साइनोसाइटिस) भनेको के हो?
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस (Paranasal sinuses) पनि भनिन्छ।

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ

काठमाडौ, वैशाख ९ – अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ ।
अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’ वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING