मलेसियामा आठ नेपाली युवा अलपत्र
राजविराज,वैशाख ११ । नेपाली दलाल र स्थानीय कम्पनीको लापर्बाहीका कारण सप्तरीका आठ जना युवा मलेसियामा अलपत्र परेका छन् । एक वर्षको तलवसहित महिना दिन भित्र सबैलाई नेपाल फर्काउने भन्दै दलालले उनीहरुलाई झुठो आश्वासनसहित अलपत्र परेको पीडितहरुको गुनासो छ । मलेसियामा अलपत्र परेका यूवाका आफन्तले मंगलवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा एजेण्ट वेल्ही चपेना निवासी परशुराम यादव विरुद्ध उजुरी दिएपछि नेपाली युवा मलेसियामा अलपत्र परेको समाचार सार्वजनिक भएको हो । स्थानीय कम्पनीले नेपाली युवाको राहदानी जफत गरेर राखेको छ । मलेसियामा अलपत्र पर्नेमा राजविराज नगरपालिका–८ का प्रमोदकुमार साह, ९ का रञ्जीतकुमार यादव, १० का राजेशचन्द्र यादव, जयनारायण साह, शिवशंकर प्रसाद शर्मा, भरतनारायण यादव, खडकपुर अमरैयाका जितेन्द्र साहु र बेल्ही चपेनाका गुलनारायण मुखिया छन् । दलाल परशुरामसँग एक महिना भित्र युवाहरुलाई नेपाल फर्काउने र एक वर्ष वरावरको तलव समेत वुझाउने लिखित सहमति भएको नायव उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो । दलाल परशुराम मार्फत काठमाडौंस्थित सुभाष ह्युमन रिसोर्सेस ९प्रा० लि। बाट उनीहरु मलेसियास्थित ‘ताई सन लिम कि फुड्स इण्डस्ट्रिज’ पुगेका हुन् ।
माओवादी कम्युनिष्टको धन्दुकारी सन्तान : ओली
बुटवल, बैशाख ९ – नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादी कम्युनिष्टको धन्दुकारी सन्तान भएको कडा टिप्पणी गर्नुभएको छ ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा विहान बुटवलमा लुम्बिनी अंचल कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीले कम्युनिष्टका आधारभुत
सिद्धान्तको धज्जी उडाइरहेको आरोप लगाउनुभयो ।
कतिपय देशमा कम्युनिष्ट पार्टीका उत्तराधिकारी कुलङ्गार भएर निस्किएको भन्दै ओलीले माओवादी त्यसकै उदाहरण भएको बताउनुभयो ।
माक्सवाद, लेनिनवाद र माओवादले नागरिकबाट सियोधागो पनि नलेउ र नागरिकलाई दुख नदेऊ भनेकोमा माओवादीले त्यसलाई सबै लुट र नागरिकलाई मार, काट र कुट बुझेको र त्यही व्यवहार देखाइरहेको ओलीको भनाई छ ।
एमाले नेता ओलीले माओवादी अब पतनको बाटोमा लागिसकेको दावी पनि गर्नुभयो ।
माओवादीले १० वर्षे जनयुद्धको जगमा उभिएर गरिएको बेइमानीबाट सम्पत्ती आर्जन गरेको ओलीको आरोप छ ।
माओवादीले क्रान्ति बोक्न भनेर हिंडाएका युवाको काँधमा रक्तचन्दन बोकाएर काँधको छाला खुइलाई दिएको आरोप लगाउँदै ओलीले भन्नुभयो ‘अब ती युवा सचेत भइसकेका छन् ।’
गत संविधानसभा चुनावमा माओवादीले कब्जा गरेर जितेको आरोप लगाउँदै ओलीले भन्नुभयो ‘यस पल्ट अलि दुःख दिन्छ, अर्को पल्टसम्म पुग्दा माओवादी हिसाब मै नआउने गरी थाकेको, पाकेको र ओइलाई सकेको हुन्छ ।’
गायिका कोमल वली चुनाव लड्ने !
९ बैशाख, दाङ । चर्चित लोक गायिका कोमल वलीले आगामी संविधानसभामा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ । रिपोर्टस् क्लब दाङले सोमबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उहाँले कलाकारको हकहितका लागि चुनावमा उठ्ने
बताउनुभएको हो । यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी समेत भइरहेको उहाँको भनाइ छ ।
‘नयाँ संविधानमा कलाकारहरुका हकहित संरक्षणका लागि दल दर्ताबारे साथीहरुसित कुरा भैरहेको छ’ वलीले भन्नुभयो-’केही दिनमै दल दर्ता गरी चुनावमा जानेछौं ।’ उहाँले राज्यले कला, संस्कृतिको संरक्षण र कलाकारको मर्म कहिल्यै नबुझेको आरोपसमेत लगाउनुभयो ।
राज्यले उपेक्षा गरेका कारण कतिपय कलाकारहरु विदेशिन बाध्य भएको भन्दै वलीले कलाकारको हक, हितको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संगीत संघकी अध्यक्ष समेत रहेकी वलीले कलाकारहरुको सांगीतिक स्तर निर्धारण र विचार प्रवाहका लागि संगित विकास बोर्ड स्थापना हुनुपर्ने पनि बताउनुभयो । गायिका ओलीका ‘पोइल जान पाम्’देखि झ्वाँक तन्नेरी चाहियो लगायतका गीतहरु चर्चित छन् ।
राज्यले उपेक्षा गरेका कारण कतिपय कलाकारहरु विदेशिन बाध्य भएको भन्दै वलीले कलाकारको हक, हितको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संगीत संघकी अध्यक्ष समेत रहेकी वलीले कलाकारहरुको सांगीतिक स्तर निर्धारण र विचार प्रवाहका लागि संगित विकास बोर्ड स्थापना हुनुपर्ने पनि बताउनुभयो । गायिका ओलीका ‘पोइल जान पाम्’देखि झ्वाँक तन्नेरी चाहियो लगायतका गीतहरु चर्चित छन् ।