Stay Informed Stay Ahead

सर्वसाधारणले हतियार बुझाए

हेटौंडा , वैशाख ८ - मध्यमाञ्चलका १६ जिल्लाका सर्वसाधारणले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा ३ सय २८ थान हतियार बुझाएका छन् । सरकारले सर्वसाधारणलाई आफूसँग भएको अवैधानिक हातहतियार बुझाउन सार्वजनिक सूचना गरेपछि हतियार बुझाएका हुन् ।
 Read more मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाका अनुसार १६ जिल्लामा सबैभन्दा बढी नुवाकोटका बासिन्दाले बुझाएका छन् । नुवाकोटका बासिन्दाले १ सय १ वटा हतियार बुझाएका छन् भने दोलखाका बासिन्दाले ७५ वटा बुझाएका छन् । मकवानपुरकाले ६ वटामात्र बुझाएका छन् । मकवानपुरको अत्यन्त विकट खैराङ गाविसका बासिन्दाले ६ वटा भरुवा बन्दुक बुझाएका हुन् ।
मध्यमाञ्चलमा पर्ने रसुवा, महोत्तरी, काभ्रे र धनुषा जिल्लाका बासिन्दाले हतियार पनि बुझाएका छैनन् । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटांैडाका प्रहरी नायब महानिरीक्षक यादव अधिकारीका अनुसार चालु आवको ९ महिनामा विभिन्न हातहतियार र विस्फोटक पदार्थ बरामदसहित ७७ जनालाई पक्राउ गरेको छ । गत साउन महिनादेखि चैत महिनासम्ममा ३६ थान नलकटुवा बन्दुक, भरुवा १२ थान, टुवेल्भर ३ थान, युएस पेस्तोल ४ थान र ५० केजी विस्फोट पदार्थ बरामद गरेको छ ।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING