Stay Informed Stay Ahead

नेपालमा लगानी गर्न युएई इच्छुक, सौर्य र हरित हाइड्रोजनमा ठूलो चासो

 काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (UAE) का ऊर्जा तथा दिगोपन मामिलाका लागि सहायक विदेश मन्त्री अब्दुल्ला बलाला 


सँग आज काठमांडौंस्थित परराष्ट्र मन्त्रालयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपाली पक्षले देशमा जलविद्युत विकासका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै हालै सरकारले सार्वजनिक गरेको ऊर्जा विकास मार्गचित्रले थप लगानीको वातावरण निर्माण गरेको जानकारी गराएको छ। सो अवसरमा सौर्य उर्जा, जलविद्युत, हरित हाइड्रोजन तथा प्रसारण लाइनजस्ता क्षेत्रमा युएईलाई लगानी गर्न आग्रह गरिएको छ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार सहायक विदेश मन्त्री बलालाले नेपालमा उर्जा क्षेत्रमा लगानीको अनुकूल वातावरण निर्माण भएकोमा धन्यवाद ज्ञापन गर्दै युएई सरकार तथा निजी क्षेत्र नवीकरणीय उर्जामा लगानी गर्न इच्छुक रहेको बताएका छन्।

भेटवार्तामा दुवै देशबीच आगामी दिनमा ऊर्जा क्षेत्रको विकासका लागि सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। विशेष गरी जलविद्युत तथा हरित उर्जा क्षेत्रलाई प्राथमिकतामा राखी दीर्घकालीन साझेदारी विकास गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

नेपाल र युएईबीच हालसम्म आप्रवासी श्रमिक, पर्यटन, लगानी तथा व्यापारिक सम्बन्ध सुदृढ हुँदै आइरहेका छन्। पछिल्लो भेटवार्तालाई दुई देशबीच रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउने अवसरको रूपमा हेरिएको छ।


Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING