काठमाडौं, नेपाल —विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पल स्मार्ट चस्मा र क्यामेरा युक्त एयरपड्स निर्माणमा जुटेको छ। मेटा रे-ब्यान जस्ता उत्पादनको प्रतिद्वन्द्वीका रूपमा, एप्पलले एआई इन्टिग्रेटेड स्मार्ट ग्याजेट तर्फ ध्यान केन्द्रित गर्दै यस्तो इनोभेटिभ योजना अघि बढाएको हो।
ब्लुमबर्गका प्रख्यात टेक विश्लेषक मार्क गर्म्यानका अनुसार एप्पलले स्मार्ट चस्माको प्रोटोटाइप तयार गर्ने चरण पार गरिसकेको छ। कम्पनीले आगामी वर्षको अन्त्यसम्म बजारमा ल्याउने लक्ष्य लिएको बताइएको छ।
स्मार्ट चस्मामा के के हुनेछन्?
स्रोतका अनुसार एप्पलको नयाँ स्मार्ट चस्मामा निम्न विशेषताहरू रहनेछन्:
इनबिल्ट क्यामेरा
माइक्रोफोन र स्पिकर
एआई-पावर्ड इन्टेलिजेन्स
सिरीमार्फत भ्वाइस कमाण्ड सपोर्ट
फोन कल, म्युजिक कन्ट्रोल, नेभिगेसन
भाषा अनुवाद सेवा
यस चस्माले वरपरको वातावरण विश्लेषण गर्न सक्छ र युजरको आदेश बुझेर कार्यसम्पादन गर्नेछ, जसले स्मार्टफोनको विकल्पका रूपमा नयाँ प्रयोग अनुभव दिनेछ।
एप्पलको रणनीति परिवर्तन
एप्पलले पहिले भिजन प्रो हेडसेट ल्याएको भए पनि त्यसले अपेक्षा अनुसारको बजार विस्तार गर्न सकेन। साथै, स्मार्टफोनको इन्नोभेसन क्रमशः सुस्त भएको अवस्थामा एप्पलले आफ्नो ध्यान वेयरेबल टेक्नोलोजी" तर्फ मोडेको देखिन्छ।
यसै सन्दर्भमा, कम्पनीले क्यामेरा भएको एयरपड्स र एप्पल वाच अल्ट्रा को पनि परीक्षण गरिरहेको थियो। यद्यपि, पछिल्लो रिपोर्ट अनुसार क्यामेरा वाच प्रोजेक्ट रद्द गरिएको छ। तर, एयरपड्स र स्मार्ट चस्मा परियोजना भने अझै सक्रिय छन्।
प्रतिस्पर्धा कडा हुँदै
जहाँ मेटा, गुगल र सामसङले LLaMA, Gemini जस्ता एडभान्स्ड एआई मोडेल प्रयोग गरिरहेका छन्, त्यहाँ एप्पलको एआई क्षमतामा केही पछाडि देखिएको आलोचना पनि छ। हाल एप्पलले गुगल लेन्स र ओपनएआईको समाधानहरू प्रयोग गरिरहेको छ।
गुगलले हालै Gemini Live with Vision नि:शुल्क उपलब्ध गराउने घोषणा गरिसकेकाले एप्पलको लागि प्रतिस्पर्धा झनै कडा हुने देखिन्छ।
एप्पलको एआई चस्मा कहिले आउँछ?
ब्लुमबर्गको रिपोर्टअनुसार, यो एन४०१ कोडनेम अन्तर्गत विकास भइरहेको छ। यदि योजना अनुसार प्रगति भयो भने, एप्पलले २०२५ को अन्त्य तिर पहिलो स्मार्ट चस्मा सार्वजनिक गर्न सक्छ।
यदि एप्पलले आफ्नो एआई क्षमतामा सुधार गर्दै नयाँ चस्मा र एयरपड्स ल्याउन सफल भयो भने, यो "नेक्स्ट-जेन टेक ग्याजेट" बन्ने पक्का छ। नेपाली प्रयोगकर्ताहरूका लागि पनि यस्तो प्रविधि रोमाञ्चक अवसर हुन सक्छ।