चुनावी प्रक्रिया र माहोल शुरु भैसकेको अवस्थामा पनि ऐन नआउँदा समस्या परेको आयोगको भनाइ छ । नेपाल राष्ट्रिय दलित समाजकल्याण संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले एक हप्ताभित्र ऐन ल्याउन सरकारसित आग्रह गर्नुभयो ।
उहाँले सरकारले ऐन नियम प्रष्टरुपमा ब्यबस्था गरिदिए काम गर्न सजिलो हुने बताउनुभयो । उप्रतीले समावेशी प्रतिनिधित्वको लागि समानुपातिको सिट संख्या बढाउनुपर्ने सुझाव समेत दिनुभयो ।