काठमाडौं – मनसुनको समयमा धेरैजसो घरमा एउटा सामान्य समस्या देखिन्छ – स्प्लिट AC (एयर कन्डिसनर) बाट पानी चुहिनु। यदि तपाईंको एसीबाट पनि टिप-टिप पानी झरिरहेको छ भने डराउनु पर्दैन। तपाईं आफैंले केही सजिला उपाय अपनाएर यो समस्या टेक्निसियन बोलाउनु नपरी नै समाधान गर्न सक्नुहुन्छ।
किन हुन्छ एसीबाट पानी चुहिने समस्या?
मनसुनमा वातावरणमा नमी (ह्युमिडिटी) अत्यधिक हुने गर्छ। यही कारणले गर्दा एसीको इन्डोर युनिटमा पानी जम्ने सम्भावना बढ्छ। त्यसमाथि यदि तपाईंले लामो समयदेखि AC को सर्भिसिङ नगर्नु भएको छ भने, फिल्टर र ड्रेनेज पाइपमा धुलो र फोहोर जमेर पानीको बहाव रोकिन सक्छ। त्यसैगरी,
एसीको इनडोर युनिट लेभलमा सही तरिकाले जडान नभएको खण्डमा पनि पानी पाइपमा नपुगी झरिरहन्छ।
ड्रेनेज पाइप मोडिएको वा रेफ्रिजरेन्ट ग्यास कम भएको अवस्थामा पनि पानीको निकासमा बाधा पुग्न सक्छ।
समस्या समाधान गर्ने सजिला उपायहरू
एसी फिल्टर सफा गर्नुहोस् (प्रत्येक ३ महिनामा एकपटक)
– फिल्टरमा जम्मा भएको धुलोले पानीको बहाव रोक्छ, जसले चुहावट निम्त्याउँछ।
ड्रेनेज पाइपमा प्रेशर पानी हालेर सफा गर्नुहोस्
– समय समयमा ड्रेनेज पाइपमा प्रेसर वाटर हाल्दा जमेका फोहोर बाहिर निस्कन्छ।
इन्डोर युनिटको लेभल जाँच गर्नुहोस्
– यदि युनिट तेर्सो (समानान्तर) नभएर एकातिर झुकेको छ भने तुरुन्तै टेक्निसियनको सहयोगमा सुधार गर्नुहोस्।
पाइप मोडिएको वा चोक भएको भए सच्याउनुहोस्
पाइपमा कुनै मोड वा अडकावट छ कि भनेर जाँच गर्नुहोस्।
रेफ्रिजरेन्ट ग्यासको लेभल पनि जाँच गर्नुहोस्
कम भएमा योग्य प्राविधिकबाट पुनः भराउनुहोस्।
घरमै समाधान, समय र खर्चको बचत!
यो सानो देखिने समस्याले तपाईंको घरमा नमी, फोहोर र यहाँसम्म कि इलेक्ट्रोनिक उपकरणलाई पनि क्षति पुर्याउन सक्छ। टाइम्ली मर्मत र सर्भिसिङ गरेर तपाईंले ठूलो खर्च र झन्झटबाट जोगिन सक्नुहुन्छ।
यदि तपाईंको AC बाट पनि पानी चुहिरहेको छ भने, टेक्निसियन बोलाउनुअघि यी ५ सजिला उपायहरू अपनाउनुहोस्। समस्या सामान्य भएमा तपाईं आफैंले समाधान गर्न सक्नुहुन्छ, जसले तपाईंको समय, पैसा र तनावको बचत हुनेछ।