काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरामाथि बला'त्कारको आरोप लगाएकी रोशनी शाही मृ'त अवस्थामा फेला परेकी छिन्। भक्तपुरको बालकोट, सूर्यविनायक नगरपालिका–२ स्थित डेरामा आइतबार बिहान उनको श'व फेला परेको हो।
भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, उनी कोठाभित्र मृ'त भेटिएकी हुन् भने घट'नास्थलमा हाल प्रहरी अनुसन्धान जारी छ। शाहीका श्रीमान विराटनगरबाट काठमाडौं आइरहेका छन्।
के हो घटनाको पृष्ठभूमि?
२०७६ साल असोजमा संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बला'त्कारको प्रयास गरेको आरोप सार्वजनिक गरेकी थिइन्। यो घटनाले त्यसबेला ठूलो राजनीतिक तरंग ल्याएको थियो। शाहीको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र प्रहरीको नियन्त्रणमा परेका थिए।
तर, पछि अदालती प्रक्रियामा रोशनी शाहीले आफ्नो प्रारम्भिक बयान फेरेकी थिइन्, जसपछि काठमाडौं जिल्ला अदालतले २०७६ फागुनमा महरालाई सफाइ दिएको थियो।
अनुसन्धान जारी, प्रश्न धेरै
रोशनी शाहीको मृ'त्यु शंकास्पद मानिँदैछ। हाल प्रहरी अनुसन्धानमा जुटेको छ भने पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।
यो घटनाले विगतको चर्चित महरा प्रकरणलाई फेरि एक पटक सतहमा ल्याएको छ। के यो आत्मह-त्या हो वा कुनै योजनाबद्ध घटना? यसको जवाफ प्रहरीले दिनेछ, तर शाहीको असामयिक मृ'त्युले समाज र न्याय प्रणालीप्रतिको प्रश्नहरू पनि उठाएको छ।