च्याटजीपीटीमा २० डलर पर्ने भिडिओ च्याट सुविधा अब गुगल जेमिनाईमा निःशुल्क
काठमाडौँ। गुगलले आफ्नो शक्तिशाली एआई टुल Gemini (जेमिनाई) मा भिडिओ च्याट सुविधा निःशुल्क उपलब्ध गराएको छ। यससँगै प्रयोगकर्ताले अब कुनै शुल्क नतिरी नै प्रत्यक्ष क्यामेरा मार्फत Gemini सँग संवाद गर्न सक्नेछन्।
यसअघि यस्तै सुविधा ChatGPT Plus मा मात्र उपलब्ध थियो, जसका लागि प्रयोगकर्ताले मासिक $20 तिर्नुपर्ने हुन्थ्यो। तर, गुगलले प्रतिस्पर्धी कदमस्वरूप यो फिचर सबै प्रयोगकर्ताका लागि खुला गरेको हो — त्यो पनि बिना कुनै सदस्यता शुल्क।
Gemini भिडिओ च्याट कसरी काम गर्छ?
त्यहाँ तपाईंले बायाँतिर रहेको Video अप्सन छान्न सक्नुहुन्छ। यसले तपाईंको क्यामेरा एक्टिभ गर्छ र तपाईं जहाँ क्यामेरा तेर्साउनुहुन्छ, त्यहाँको दृश्य Gemini लाई देखिन्छ।
विशेषताहरू:
✅क्यामेराबाट दृश्य देखाएर सोध्न सकिने।
✅Gemini ले दृश्यलाई आफैं विश्लेषण गरी जानकारी दिने।
✅प्रत्यक्ष संवाद जस्तो अनुभूति।
✅समस्या समाधानका लागि स्क्रिन शेयर गर्ने सुविधा।
✅स्क्रिन शेयर सुविधा पनि उपलब्ध
Gemini ले स्क्रिन शेयर सपोर्ट पनि प्रदान गर्छ। तपाईंको फोनमा कुनै समस्या छ भने स्क्रिन शेयर गरेर Gemini सँग सोध्न सकिन्छ। जस्तै: एप्प क्र्यास भइरहेको छ, सेटिङ्स परिवर्तन गर्न समस्या छ, वा कुनै जानकारी चाहिएको छ भने—Gemini ले सीधा समाधान वा गाइड प्रदान गर्छ।
गुगलको Gemini मा निःशुल्क भिडिओ संवाद सुविधा थपिएसँगै अब एआई च्याट अझ प्राकृतिक, इन्गेजिङ र सुलभ भएको छ। ChatGPT को $20 सदस्यता आवश्यक पर्ने सुविधालाई गुगलले सबैका लागि निःशुल्क बनाएर डिजिटल संवादमा नयाँ क्रान्ति ल्याएको छ।