Stay Informed Stay Ahead

चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ, तस्करीको आशंका। राष्ट्रिय निकुञ्ज र सेनाको टोलीद्वारा भरतपुरबाट नियन्त्रणमा

 चितवन, जेठ ५ – चितवन राष्ट्रिय निकुञ्जको टोलीले गैँडाको खागजस्तो देखिने बहुमूल्य आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा भरतपुर महानगरपालिका–९ स्थित बिसहजारी रोड क्षेत्रबाट आइतबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गैँडाको खागको ओसारपसार भइरहेको आशंकामा निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणबाट खटिएको संयुक्त टोलीले निगरानी बढाएको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो।



चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, बरामद वस्तु गैँडाको खाग हो वा होइन भन्ने पुष्टि प्राविधिक परीक्षणपछि हुनेछ। पक्राउ परेकाहरूविरुद्ध हाल वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

संरक्षित वन्यजन्तु तथा तिनका अंगहरुको तस्करी रोकथामका लागि चितवनमा सुरक्षा निगरानी थप कडा बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING