यो लोकतन्त्र हो कि मौन तन्त्र?
गैरकानुनी रूपमा पक्राउ गरिए पनि अदालत चुप छ। न्यायको मूल मन्दिर भनिने अदालतले पनि बोल्न मानेन।
निकिता पौडेलको मनमा एक मात्र प्रश्न गुञ्जिरहेको छ — यदि कानुनले सुन्दैन भने, म न्याय माग्न कहाँ जाऊँ?
जब देशको लोकप्रिय नेता रवि लामिछानेलाई बिना प्रमाण, बिना प्रक्रियामा परोक्ष रूपमा गिरफ्तार गरिन्छ, त्यो केवल एक व्यक्ति वा परिवारमाथिको अन्याय होइन, त्यो सम्पूर्ण नागरिकको मौलिक अधिकारमाथि प्रहार हो।
निकिता पौडेलले सामाजिक सञ्जाल मार्फत आफ्नो पीडा व्यक्त गर्दै भनिन्:
"यो अन्यायको विरोध कसले गर्छ? कानुन नै मौन हुँदा मेरो आवाज कहाँ पुर्याउने? म सामान्य नागरिकको नाताले न्याय माग्न चाहन्छु – तर न्याय त अब गुमनाम भएको छ।"
आज निकिता एक पीडित श्रीमती मात्रै होइनन्,
उनी न्यायको प्रतीक बनिरहेका छिन् – आवाज उठाउने एक आम नेपाली नागरिक।
हामी सबैको उत्तरदायित्व हो –
न्यायका लागि, सत्यका लागि, र आवाज बिहिनहरूको पक्षमा उभिनु।