‘बत्ती गएको’ झुटा पोस्ट सामाजिक सञ्जालमा भाइरल
हालैका दिनहरूमा विभिन्न सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी अनेक गुनासा तथा व्यंग्यात्मक पोस्टहरू देखिन थालेका छन्। कतिपय अवस्थामा बत्ती गएको नभए पनि त्यसको झुटो हल्ला फैलाइएको भन्दै उर्जामन्त्री खड्काले त्यसलाई गम्भीर रुपमा लिएका छन्।
उनले भने, "विद्युत सेवा अब पहिलेको जस्तो छैन। तर कसैले झुटो प्रचार गरेर संस्थाको छवि बिगार्ने प्रयास गर्छ भने कानुनी प्रक्रिया अघि बढाइन्छ।"
मन्त्रीको भनाइ : ऊर्जा सेवा सुधारमा सरकार गम्भीर छ
उर्जामन्त्री खड्काले सरकारले ऊर्जा पूर्वाधारमा लगानी बढाउँदै, नियमित सेवा आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उनले विद्युत प्राधिकरणले निरन्तर सुधारका कदम चालिरहेको बताए। यद्यपि, नकारात्मक मानसिकता फैलाउने केही समूहले सामाजिक सञ्जाललाई हतियार बनाएकोप्रति उनले चिन्ता व्यक्त गरे।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत रहन आग्रह
मन्त्री खड्काले यस्ता झुटा हल्ला फैलाउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई सावधान रहन र सत्य विवरण मात्र सार्वजनिक गर्न अपिल गरेका छन्। उनले थपे, "सूचना प्रविधिको युगमा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि, त्यसको दुरुपयोग हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने जिम्मेवारी सबै नागरिकको हो।"