Stay Informed Stay Ahead

अमेरिकी डलरको भाउ फेरि उकालो: नेपाली बजारमा विदेशी मुद्राको लेनदेनमा असर

अमेरिकी डलरको भाउ फेरि उकालो: नेपाली बजारमा विदेशी मुद्राको लेनदेनमा असर

काठमाडौं, NepalHotNews.com – अमेरिकी डलरको विनिमयदर फेरि वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज (२०८२ जेष्ठ १०) का लागि सार्वजनिक गरेको भने विदेशी मुद्राको नयाँ दर अनुसार डलरको मूल्य हिजोको तुलनामा उच्च देखिएको हो।

आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। यो हिजोको दरभन्दा करिब ६० पैसा बढी हो। 






अर्काे प्रमुख मुद्राको विनिमयदर:

  • युरो: खरिददर १५५.२८, बिक्रीदर १५५.९६
  • पाउन्ड स्ट्रलिङ: खरिददर १८४.२५, बिक्रीदर १८५.०५
  • स्वीस फ्र्यांक: खरिददर १६६.१६, बिक्रीदर १६६.८९
  • अस्ट्रेलियन डलर: खरिददर ८८.२६, बिक्रीदर ८८.६४
  • क्यानेडियन डलर: खरिददर ९९.०५, बिक्रीदर ९९.४८
  • सिंगापुर डलर: खरिददर १०६.३५, बिक्रीदर १०६.८२
  • जापानी येन (१०): खरिददर ९.५६, बिक्रीदर ९.६०
  • चिनियाँ युआन: खरिददर १९.०६, बिक्रीदर १९.१४

गल्फ देशहरूको दर:

  • साउदी रियाल: खरिददर ३६.६१, बिक्रीदर ३६.७७
  • कतारी रियाल: खरिददर ३७.६८, बिक्रीदर ३७.८४
  • यूएई दिराम: खरिददर ३७.३८, बिक्रीदर ३७.५५
  • ओमानी रियाल: खरिददर ३५६.६७, बिक्रीदर ३५८.२३
  • कुवेती दिनार: खरिददर ४४७.४५, बिक्रीदर ४४९.४१
  • बहराइनी दिनार: खरिददर ३६४.१९, बिक्रीदर ३६५.७८

अन्य प्रमुख मुद्राहरू:

  • मलेसियन रिंगेट: खरिददर ३२.१२, बिक्रीदर ३२.२६
  • कोरियन वन (१००): खरिददर ९.९४, बिक्रीदर ९.९८
  • स्वीडिस क्रोनर: खरिददर १४.३१, बिक्रीदर १४.३७
  • डेनिस क्रोनर: खरिददर २०.८२, बिक्रीदर २०.९१
  • हङकङ डलर: खरिददर १७.५५, बिक्रीदर १७.६२
  • भारतीय रुपैयाँ (१००): खरिददर १६०.००, बिक्रीदर १६०.१५

नेपाल राष्ट्र बैंकले यो दर विनिमय आवश्यकता अनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ। विदेश जाने, व्यापार गर्ने वा रेमिट्यान्समा संलग्न व्यक्तिहरूका लागि विनिमयदरको हरेक अपडेटले महत्वपूर्ण प्रभाव पार्दछ।


नेपाली बजार र डलरको प्रभाव

डलरको मूल्यवृद्धिले आयात महँगो बनाउँछ भने निर्यातकर्तालाई लाभ मिल्ने सम्भावना रहन्छ। यद्यपि, उपभोक्ताको जोहो झनै महँगो हुने देखिन्छ। विदेशी मुद्रामा कारोबार गर्ने सबैले राष्ट्र बैंकको अपडेट नियाल्न जरुरी छ।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING