Stay Informed Stay Ahead

ईसेवामा बेला–बेला किन देखिन्छ समस्या? नयाँ सिस्टम अपडेट र सुरक्षा कडाइका कारण असहजता

काठमाडौं – पछिल्ला केही दिनयता ईसेवा मोबाइल वालेट सेवामा बेला–बेला समस्या देखिएको गुनासो सामाजिक सञ्जालदेखि ग्राहक सेवा केन्द्रसम्म आइरहेको छ। धेरै प्रयोगकर्ताहरूले कारोबार नगरेको देखिनु, अपरेसन स्लो हुनु, वा सम्पर्क गर्दा प्रतिक्रिया नपाउनुजस्ता अनुभव साझा गरेका छन्।

ईसेवामा किन समस्या आउँदैछ?

एफवान सफ्ट ग्रुपद्वारा सञ्चालित ईसेवाका चिफ स्ट्राटेजी अफिसर (CSO) रवि शाक्यका अनुसार, पछिल्लो समय कम्पनीले नयाँ सिस्टम अपडेट गरेपछि केही असहजता देखिएको हो। यो अपडेट आधुनिक प्रविधि ‘क्यासेन्ड्रा डाटाबेस’ प्रयोगमा ल्याउने प्रक्रियाको भाग हो, जसले डेटा व्यवस्थापनमा उच्च क्षमता प्रदान गर्ने अपेक्षा गरिएको छ।

"ग्राहकको संख्यामा उल्लेखनीय वृद्धि भएकोले, पुरानो प्रणालीले थेग्न नसक्ने अवस्था आउन थालेको थियो। नयाँ सिस्टममा अपडेट गर्दा अस्थायी रूपमा केही समस्या देखिनु सामान्य प्रक्रिया हो," – शाक्य।  


 

ईसेवा: एक गेटवे, सयौं सेवा प्रदायक

ईसेवा नेपालभरि ९०० भन्दा बढी सेवा प्रदायकसँग जडित छ – जसमध्ये एयरलाइन्स टिकट, बिजुली, पानी, फोन टपअप, सिनेमाको टिकट, इत्यादि प्रमुख छन्। यीमध्ये कुनै एक सेवामा समस्या देखिए पनि प्रयोगकर्ताले ईसेवामै दोष दिने प्रवृत्ति रहेको शाक्य बताउँछन्।

"ईसेवा गेटवे हो। तर यदि कुनै मर्चेन्टको सिस्टम डाउन भयो भने त्यसको असर सिधै ईसेवामा देखिन्छ। ग्राहकले ईसेवामै समस्या भयो भनेर बुझ्छन्।"

सिम लिंकिङ अनिवार्य: अब जुन सिम त्यसैमा खाता

सुरक्षालाई प्राथमिकता दिँदै ईसेवाले अबदेखि केवाईसी प्रक्रियामा कडाइ गरेको छ। अब ईसेवाको खाता खोल्नका लागि समान मोबाइल नम्बरको सिम भएको फोनमै एप इन्स्टल हुनुपर्नेछ। यसले फर्जी खाता वा साइबर अपराध नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

“हामीले साइबर सेक्युरिटीलाई बलियो बनाउँदैछौं। त्यसका लागि ग्राहक प्रमाणीकरण (KYC) मा कठोरता अनिवार्य भएको हो,” – शाक्य।

सेवा नि:शुल्क, न्यूनतम शुल्कमा सुविधा

ईसेवाले धेरैजसो सेवा निःशुल्क रूपमा उपलब्ध गराएको छ। बिजुली वा कर तिर्दा राष्ट्र बैंकद्वारा निर्धारण गरिएको ५–१० रुपैयाँ मात्र शुल्क लिने गरिएको छ।


ईसेवा हालैको सिस्टम अपडेट र सुरक्षासम्बन्धी कडाइको कारण केही असहजता देखिए पनि, दीर्घकालीन रूपमा प्रयोगकर्तालाई द्रुत, सुरक्षित र भरपर्दो सेवा दिन लक्षित गरिएको छ। प्रयोगकर्ताले केही समय धैर्य गर्नुपर्ने देखिन्छ, किनकि प्राविधिक सुधार प्रक्रियामा अस्थायी असहजता स्वाभाविक हो।


Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING