काठमाडौं, बालुवाटार बालुवाटारमा शक्ति केन्द्रको बैठक! भिजिट भिसा प्रकरणले सरकार दबाबमा
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा गम्भीर छलफल भइरहेको छ।
बालुवाटार स्रोतका अनुसार, हाल संसदमा चलिरहेको अवरोध र गृहमन्त्री लेखकको राजीनामा मागसँग सम्बन्धित विषयमा उच्चस्तरीय राजनीतिक परामर्श भइरहेको पुष्टि भएको छ।
संसदमा विपक्षीको चर्को दबाब, बजेट पेश गर्न चुनौती
विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन्।
यसै कारण अर्थमन्त्रीले हिजोको दिन आर्थिक सर्वेक्षण पेश गर्न नसकेका थिए।
भोलि संघीय संसदको संयुक्त सदनमा आगामी वर्षको बजेट प्रस्तुत गरिनुपर्ने भएकाले, सरकार गम्भीर दबाबमा छ।
भिजिट भिसा काण्डमा मन्त्री लेखकमाथि नैतिकताको प्रश्न
गृहमन्त्री लेखकका निकट अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा छन्।
यसकारण विपक्षीहरू गृहमन्त्रीको नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनमा सहयोग गर्नुपर्ने माग गरिरहेका छन्।