Stay Informed Stay Ahead

राप्ती राजमार्ग पहिरोले पूर्ण अवरुद्ध, यात्रु अलपत्र

राप्ती राजमार्गमा ठूलो पहिरो! चोरखोलामा बाटो पूर्ण रूपमा बन्द, यात्रु र सवारी अलपत्र

आज बिहान सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा ठूलो पहिरो खस्दा राप्ती लोकमार्ग (दाङ–सल्ल्यान खण्ड) पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरो सडक माथिबाट अचानक खसेको थियो, जसले गर्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।





एक्स्काभेटरमार्फत पहिरो हटाउने प्रयास जारी


प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिएअनुसार, पहिरो हटाउन एक्स्काभेटर प्रयोग गरेर लगातार काम भइरहेको छ। यद्यपि, पहिरो ठूलो भएकाले केही समय लाग्ने अनुमान गरिएको छ।


साना सवारीका लागि वैकल्पिक बाटो


सडक अवरुद्ध भएसँगै यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

प्रहरीले साना सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ:


 कपुरकोट–लामीडाँडा

 कपुरकोट–पाखापानी–सातबास


यात्रुहरूलाई यात्रा गर्दा सतर्कता अपनाउन पनि सुझाव दिइएको छ।





Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING