Stay Informed Stay Ahead

डिस्को रित्तिँदैछन्, शिक्षामन्त्रीको चित्त दुःख– 'नाच्ने उमेरका सबै विदेशिए!'

काठमाडौं —डिस्को रित्तिएको छ, – यो कुनै रमाइलो गफ होइन। यो भनाइ हो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको। उनले गम्भीरताका साथ भने, "नाच्ने, गाउने, रमाउने उमेरका युवाहरू विदेशिँदै गएका कारण स्वदेशका क्लब, डिस्को, पसल, र रेस्टुरेन्टहरू सुनसान भएका छन्।"


सोमबार राजधानीमा आयोजित ‘उच्च शिक्षाका आयाम’ विषयक बहस कार्यक्रममा, मन्त्री पन्तले उच्च शिक्षा र युवा पलायनको गहिरो सम्बन्ध औंल्याउँदै, शिक्षा क्षेत्रको वास्तविक बेथितिमाथि चासो प्रकट गरे।

देशभित्र सुनसान, विदेशमा नेपाली भीड



"गत वर्ष मात्रै १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएका विद्यार्थीहरूले लगेका छन्," मन्त्रीले भने, "तर त्यो त तथ्यांकमा देखिएको पैसा हो, त्योभन्दा बाहिर अरू कति पैसा गएको छ, त्यो कसैले गनेको छैन।"

उनले थपे, "कपडा पसलहरू खाली छन्, डिस्कोहरूमा अब भीड छैन। किन? किनभने त्यो उमेरकै युवा विदेश गइसके।"


शिक्षाको मौलिक सुधारबिना देश अगाडि बढ्दैन

मन्त्री पन्तले बताए अनुसार, उच्च शिक्षाको विषयमा वाइस चान्सलर, डिन र प्राध्यापकहरूसँग पटक–पटक छ भए पनि ठोस समाधान अझै नआएको छ।

उनको धारणा छ – "विदेश जाने युवालाई स्वदेशमै रोक्न सक्ने गुणस्तरीय विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आवश्यक छ।"


उनले शिक्षा प्रणालीलाई निजी–सार्वजनिक साझेदारीमा लैजानु आवश्यक रहेको उल्लेख गर्दै भने, "निजी क्षेत्रको लगानीबिना गुणस्तरीय शिक्षा सम्भव छैन, तर नियमन राज्यले गर्नुपर्छ।"


शिक्षाविद् र विशेषज्ञहरूको धारणा


डा. तीर्थ खनिया (पूर्व उपकुलपति, त्रिवि): “विद्यालय शिक्षाको विधेयक गहिरो छलफलपछि ल्याइनुपर्छ। विदेशी सम्बन्धनका कलेजहरू ऐनबाट होइन, निर्देशिकाबाट चल्नु गम्भीर समस्या हो।”


डा. केदारभक्त माथेमा (शिक्षाविद्): “विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपबाट पूर्णत: स्वतन्त्र हुनुपर्छ। सम्बन्धन व्यवस्थापन र बोर्ड अफ ट्रस्टी प्रणालीको अभावले समस्या बढेको छ।” 

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING