Stay Informed Stay Ahead

फेरि आयो कोरोना! JN.1 भेरियन्टले मच्चायो त्रास, यी ७ लक्षण देखिएमा सतर्क रहनुहोस्

काठमाडौं, नेपाल — एशियाली देशहरूमा फेरि कोरोना भाइरसको डर बढ्दै गएको छ। विशेषतः सिंगापुर, भारत, र हङकङमा केसहरू तीव्र रूपमा बढिरहेका छन्। भारतमा मात्रै २०० भन्दा बढी नयाँ केसहरू देखिएका छन्। यस पटक फैलिएको नयाँ भेरियन्ट *JN.1* हो, जुन ओमिक्रोनको सब-भेरियन्ट हो।


कोरोनाको नयाँ लहर : JN.1 भेरियन्टको त्रास


स्वास्थ्य विज्ञहरूका अनुसार JN.1 भेरियन्ट ओमिक्रोन BA.2.86 सँग सम्बन्धित छ र यसले धेरै मुलुकहरूमा पुन: संक्रमणको लहर ल्याइरहेको छ। यद्यपि, डाक्टरहरू भन्छन्— डराउनु पर्ने अवस्था अहिले छैन, जबसम्म अस्पतालमा भर्ना वा मृत्युको दरमा उल्लेखनीय वृद्धि हुँदैन।





JN.1 का ७ प्रमुख लक्षणहरू — यी संकेतहरू देखिएमा हेलचक्राई नगर्नुहोस्


1. गला दुख्ने

2. सानोदेखि मध्यम ज्वरो आउने

3. नाक बग्ने

4. सुक्खा खोकी

5. थकान महसुस हुने

6. टाउको दुख्ने

7. स्वाद वा गन्ध हराउने


यी सबै लक्षणहरू हल्का देखिए पनि, विशेष गरी वृद्धहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ।


COVID-19 किन पटक-पटक रूप बदल्छ?


डाक्टर रमन गंगा खेड़करका अनुसार कोरोनाभाइरस RNA भाइरस हो, जसले समय अनुसार आफूलाई परिमार्जन गरेर नयाँ रूप लिन्छ। यसलाई Convergent Evolution भनिन्छ— अर्थात्, भाइरसले आफैंलाई यति अनुकूल बनाउँछ कि खोप वा औषधिको असर कम होस्, र छिटो फैलिन सकोस्।


कसलाई बढी खतरा? को सतर्क रहनु पर्छ?


* ६० वर्ष माथिका नागरिक

* पुराना रोगहरू भएका बिरामी (मधुमेह, मुटु रोग, दम आदि)

* कमजोर इम्यून सिस्टम भएका व्यक्ति


सावधानी अपनाउनुहोस्:


✔ बारम्बार हात धोउनुहोस्

✔ मास्क लगाउनुहोस्, विशेषगरी भिडभाड भएका स्थानमा

✔ सामाजिक दूरी कायम गर्नुहोस्

✔ खोक्दा वा हाच्छिउँ गर्दा टिशु वा कुहिनोको प्रयोग गर्नुहोस्


बूस्टर डोज आवश्यक छ? विशेषज्ञ के भन्छन्?


डाक्टर गंगा खेड़करका अनुसार हालको अवस्था हेर्दा बूस्टर डोजको आवश्यकता देखिएको छैन। उनले भने— "जबसम्म मृत्यु दर वा अस्पताल भर्ना दर नबढ्छ, तबसम्म बूस्टर डोज वा जीनोम सिक्वेन्सिङमा समय र पैसा खर्च गर्नु आवश्यक छैन।"


 सतर्क रहनुहोस्, तर डराउनुपर्ने अवस्था छैन कोरोना अब एक सामान्य महामारी (एन्डेमिक) बनिसकेको छ। नियमित सावधानी अपनाएर, सही जानकारीमा आधारित निर्णय लिईरहेमा, हामी सजिलै नयाँ भेरियन्टहरूबाट सुरक्षित रहन सक्छौं।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING