Stay Informed Stay Ahead

नेपालको इतिहासको कालो दिन – दरबार हत्याकाण्ड २४ वर्ष

जेठ १९ – नेपाली इतिहासको कालो पाना

कमल अर्याल  नेपाल हाट न्यूज़ - २०५८ सालको जेठ १९ गते नेपालको इतिहासमा यस्तो घटना घट्यो जसले देशका लाखौँ नागरिकलाई स्तब्ध बनायो। राजदरबारभित्रै भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या, राजकुमार दीपेन्द्र, राजकुमारी श्रुति, र अन्य राजपरिवारका सदस्यहरू नृशंस रूपमा मारिए।



यो केवल एउटा राजनीतिक परिवर्तन थिएन, यो थियो एक राष्ट्रिय भावनात्मक आघात, जसको असर आज पनि महसुस गर्न सकिन्छ।



  राजा वीरेन्द्र: शान्तिप्रेमी, जनप्रिय र उदार 


स्व. राजा वीरेन्द्र जनताको राजा थिए। उनका नीति र सोच शान्ति, विकास, र राष्ट्रियतामा केन्द्रित थिए।

उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गैर आवद्ध परराष्ट्र नीतिलाई प्रबल बनाए र देशलाई एक सार्वभौम राष्ट्रको रूपमा चिनाउन अहम् भूमिका खेले।


उनका मुख्य विशेषताहरू:


* देशको चौतर्फी विकासमा अग्रसरता

* शिक्षा, स्वास्थ्य र यातायातमा दीर्घकालीन योजनाहरू

* गाउँ–गाउँ पुगेर जनताको समस्या बुझ्ने राजा

* उत्पादनमुखी कार्यक्रमहरूमा जोड, ग्रामीण विकासमा चासो

* हिन्दु र बौद्ध संस्कृतिको संरक्षण


राजा वीरेन्द्रप्रतिको जनसमर्थन यति प्रबल थियो कि उनले जतिसुकै कठिन निर्णय गरे पनि जनताले सहज रूपमा स्वीकार गर्थे।



 दरबार हत्याकाण्ड: रहस्य र पीडाले भरिएको कथा




यो हत्याकाण्डका बारेमा आधिकारिक छानबिन भए पनि अझै पनि धेरै कुरा रहस्यकै गर्भमा छन्।

राजकुमार दीपेन्द्रमाथि हत्याको आरोप लागे पनि जनमानसमा प्रश्नहरू अझै अनुत्तरित छन्:


* वास्तवमै यो व्यक्तिगत द्वन्द्व थियो कि राजनीतिक षड्यन्त्र?

* कसले लाभ उठायो दरबारको बिनाशबाट?

* किन तत्कालीन घटनास्थल सुरक्षित गरिएन?

* किन प्रमुख साक्षीहरू चुप लागे?


यी सबै प्रश्नले दरबार हत्याकाण्डलाई अझ गहिरो बनाउँछ र त्यसले गर्दा यो नेपालको इतिहासकै सबैभन्दा रहस्यमयी र पीडादायक घटना बनेको छ।



नेपाली जनताको भावनात्मक सम्बन्ध


२० वर्षभन्दा बढी समय बितिसक्दा पनि राजा वीरेन्द्रको सम्झना जनताका मनमा ज्यूँदो छ।

बिशेषगरी जेठ १९ आउँदा सामाजिक सञ्जालमा श्रद्धाञ्जली, पोस्ट, ब्लग, फोटो र स्मृतिहरू शेयर हुने क्रम चलिरहन्छ।


राजा वीरेन्द्रप्रतिको यो प्रेम राजतन्त्रप्रतिको समर्थन मात्र होइन, यो एक इमानदार, राष्ट्रभक्त र समर्पित नेतृत्वप्रति श्रद्धाहो।



 राजनीतिमा असर


दरबार हत्याकाण्डले नेपाललाई राजनीतिक संक्रमणको मार्गमा डोर्यायो।

यसपछि:


* राजा ज्ञानेन्द्रले सत्ताको बागडोर सम्हाले

* जनआन्दोलन २०६२/६३ भयो

* नेपाल गणतन्त्रमा परिणत भयो

* राजतन्त्र समाप्त भयो


तर, यस परिवर्तनको मुल फुट्ने बिन्दु थियो दरबार हत्याकाण्ड। यसको प्रभाव आजको राजनीतिक परिस्थितिमा समेत देख्न सकिन्छ।



श्रद्धाञ्जली


आज, जेठ १९ मा, हामी स्व. राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या, राजकुमार दीपेन्द्र, र अन्य दिवंगत राजपरिवारका सदस्यहरूलाई हार्दिक श्रद्धासुमन अर्पणगर्दछौं।


तपाईंको योगदान, तपाईँको बलिदान र देशप्रतिको समर्पणलाई नेपाली जनताले कहिल्यै बिर्सने छैन


२०५८ जेठ १९ केवल एक मितिको कुरा होइन,

यो एक देशको इतिहासको मोड

नेतृत्वको अन्त्य

र जनताको विश्वास गुमाउने दिन थियो।


हामी सबैले यो दिनलाई सम्झनुपर्छ—न्यायको लागि, इतिहासबाट सिक्नको लागि, र भविष्यलाई सही दिशामा लैजानको लागि।

Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING