Stay Informed Stay Ahead

बिर्तामोडमा भन्सार छलि भित्र्याइएका ३ भारतीय कन्टेनर नियन्त्रणमा, करोडौंका कृषि औजार बरामद

विराटनगर, झापा भन्सार नतिरी नेपाल भित्र्याइँदै गरेका कृषि उपकरणसहितका तीन भारतीय कन्टेनरलाई बिर्तामोडबाट प्रहरीले नियन्त्रणमा लिएको छ।


झापा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार ती कन्टेनरमा फसल काट्ने मेसिन, पराल संकलक मेसिन तथा तिनमा प्रयोग हुने विभिन्न पार्टपुर्जा फेला परेका हुन्।




भारतको नागाल्यान्डबाट भित्र्याइएको सामान  आइतबार साँझ बिर्तामोड नगरपालिका–५ मा गरिएको नियमित चेकजाँचका क्रममा नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै गरेका कन्टेनरहरू फेला परेका थिए। नियन्त्रणमा लिइएका कन्टेनरहरूमा क्रमशः NL 01 AH 5679, NL 01 N 9223 र NL 02 L 7486 नम्बर प्लेट रहेका छन्।


तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि उपकरण बरामद


प्रहरीका अनुसार उक्त कन्टेनरहरूबाट करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरका अवैध कृषि औजारहरू बरामद गरिएको हो।


राजस्व अनुसन्धान कार्यालयमा थप कारबाहीका लागि पठाइयो


बरामद सामग्री र कन्टेनरहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी  पठाइएको प्रहरीले जनाएको छ।


Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING