Stay Informed Stay Ahead

भारतमा कोभिड संक्रमण बढेपछि नेपालमा उच्च सतर्कता, विमानस्थल र नाकामा स्क्रिनिङ कडा

काठमाडौं, बैशाख ९ – भारत, सिंगापुर र हङकङमा कोभिड-१९ संक्रमण फेरी फैलिन थालेपछि नेपालमा समेत सतर्कता अपनाउने क्रम सुरु भएको छ। विशेषगरी अन्तर्राष्ट्रिय सीमाहरुमा निगरानी कडा पारिएको छ भने स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणका लागि आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिएको छ। 

 स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का निर्देशक डा. चन्द्र झाले विमानस्थल हेल्थ डेस्क तथा स्थलीय नाकाहरुमा स्क्रिनिङ प्रक्रिया थप चनाखो बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार विदेशबाट आउने यात्रुहरुमाथि स्वास्थ्य परीक्षण तीव्र बनाइनेछ।
सचेतना अभियानको तयारी डा. झाका अनुसार कोभिड संक्रमणबाट जनमानसलाई सुरक्षित राख्न आजै मन्त्रालयस्तरीय छलफल हुँदैछ, जसमा सचेतना अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा रणनीति तय गरिनेछ। स्वास्थ्य विशेषज्ञहरुले जोखिम बढ्नु अघि नै पूर्वतयारी जरुरी भएको बताएका छन्।

 भारतमा फेरी २ सय ५७ जना संक्रमित भारतमा हालैका दिनमा २ सय ५७ नयाँ कोभिड संक्रमित फेला परेका छन्। सिंगापुर र हङकङमा समेत नयाँ केसहरु रिपोर्ट भएपछि नेपाल सरकार सतर्क भएको हो। नेपालमा पहिलो लहरमा १० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो भने १२ हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यसैले स्वास्थ्य मन्त्रालय पुनः सक्रिय भएको हो। 

 नेपाल सरकारले भारत लगायत अन्य देशहरुमा फैलिएको नयाँ संक्रमणलाई गम्भीर रुपमा लिँदै जोखिम न्युनिकरणका लागि आवश्यक रणनीतिहरु कार्यान्वयन गर्न थालेको छ। सर्वसाधारणलाई पनि मास्क प्रयोग, भिडभाडबाट टाढा रहने र स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशन पालना गर्न अनुरोध गरिएको छ। 
Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING