Stay Informed Stay Ahead

भारतमा कोरोनाको पुनः संक्रमण, एक हप्तामै ११ मृत्यु, सक्रिय संक्रमित १०४७ पुगे

नयाँ दिल्ली, भारत भारतमा फेरि कोरोना त्रास! एक सातामै ११ मृत्यु, संक्रमित संख्या दिनहुँ उकालो

भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन्।


 सर्वाधिक संक्रमण भएका राज्यहरू:


केरल: ४३० सक्रिय केस


महाराष्ट्र: २०८


दिल्ली: १०४


गुजरात: ८३


कर्नाटक: ८०


बेंगलुरु मात्र: ७३ संक्रमित





मृत्युको संख्या सबैभन्दा बढी महाराष्ट्रमा

देशका विभिन्न पाँच राज्य—महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक, र मध्य प्रदेशमा ११ जना बिरामीको ज्यान गएको छ।

 सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा—५ जनाको।

 पछिल्लो एक हप्तामै ९ जनाको मृत्यु भएको पुष्टि।


जयपुरमा रेल्वे स्टेशनमै संक्रमित मृत भेटिए

जयपुरमा सोमबार दुई संक्रमितको मृत्यु भएको छ। तीमध्ये एक व्यक्ति रेलवे स्टेशनमा मृत भेटिए, जसको रिपोर्ट पछि कोरोना पोजेटिभ आएको थियो। दोस्रो मृत्यु २६ वर्षीय युवकको भएको हो, जो पहिलेदेखि क्षयरोग (टीबी) बाट पीडित थिए।


नयाँ भेरियन्टहरू देखा पर्न थाले

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म देशमा कोरोना भाइरसका ४ भेरियन्टहरू फेला परिसकेको बताएका छन्। पछिल्लो ७ दिनमा ७८७ नयाँ संक्रमित केस रिपोर्ट भएका छन्।


Share:

UPDATE

गर्मीमा स्वस्थ टिप्स

बालेन शाहका ५ काम

१ अतिक्रमण हटाउने अभियान २ फोहोर व्यवस्थापन सुधार ३ डिजिटल प्रशासन ४ सार्वजनिक शौचालय निर्माण ५ सांस्कृतिक संरक्षण

बैदेशिक रोजगार जादा

१ वैधानिक प्रक्रिया पुरा गर्नुहोस् २ कामको प्रकृति बुझ्नुहोस् ३ भाषा र संस्कृतिको सामान्य जानकारी राख्नुहोस् ४ वैध कागजात तयार राख्नुहोस् ५ श्रम तथा विदेशी रोजगार कार्यालयमा दर्ता गर्नुहोस्

TRENDING